काठमाडौं । बुधबारबाट राजधानीको जमल स्थित नाचघरमा सुरु भएको ‘सातौं अन्तराष्ट्रिय लोक संगीत चलचित्र महोत्सब–२०१७ अवार्ड प्रदान गर्दै शनिबारबाट सम्पन्न भएको छ । लोकबाजा सँग्रहालय र सांस्कृतिक संस्थानले आयोजना गरेको महोत्सबमा पहिलो दिन विश्वसँगीत माथि बहस भएको थियो । बाँकी तीन दिन फिल्म प्रदर्शनसँगै अन्तिम दिन अवार्ड गरियो ।
नेपाल सहित १७ देशका लोक संगीत सम्बन्धि २८ सिनेमाबीच भएको प्रतिस्पर्धामा उत्कृष्ट लामो चलचित्रको अवार्ड पश्चिम अफ्रिकाको फिल्म ‘डान्स वीथ द वोडाबेस’ले प्राप्त गरेको छ । लामो चलचित्र तर्फ नै ‘कमेन्डेसन अवार्ड’ चिलीको ‘कुईलामा बिट्विन द सि एन्ड द स्काई’ले हाँसिल गरेको छ । भारतको ‘द लिटिल प्रिन्स अफ राजस्थान’ र स्पेन को फिल्म ‘लास्ट मुडान्जाज डेल डिएब्लो’ले पनि लामो चलचित्र तर्फ नै ‘कमेन्डेसन अवार्ड’ हाँसिल गरेको छ ।
यस्तै लोक संगीत सम्बन्धि लघु चलचित्र तर्फ उत्कृष्ट चलचित्रको अवार्ड कम्बोडियाको चलचित्र ‘एस्बिक टच’ले हाँसिल ग¥यो । यस्तै लघु चलचित्र तर्फ नै ‘कमेन्डेसन अवार्ड’को अवार्डं भुटानको ‘अम निम्चु पेम’, नेपालको ‘शँकटमा भगवान’, श्लोभानियाँको ‘कोशोभो थु्र द आईज अफ लोकल रोमानी म्युजिसियन्स्’ र भुटानकै ‘खेन चोईपाला’ सहित चार ओटा छोटा चलचित्रले प्राप्त गरेको छ ।
यस्तै ‘अमेचर फिल्म अवार्ड’ नेपालको ‘शक्ति द डिभाईन फिमेल पावर’ले प्राप्त गरेको छ । सोही कार्यक्रममा प्रदान गरिएको ‘स्पेशल कन्भर्सेसन अवाड’ दक्षिण अफ्रिकाको ‘एडगर बेरा’ र नेपाली चलचित्र ‘सेक्रेड म्युजिक अफ गडेज’ले हाँसिल गरेको छ । सोही क्रममा ‘बेस्ट सिनेमाटोग्राफी अवार्ड’ स्विट्जरल्याण्डको ‘जोले एन्ड वेर्चे’ले हाँसिल गरेको छ । यस्तै ‘किपिङ ट्रेडिसन अलाईभ थ्रु अर्फमेन्स् अवार्ड’ अमेरिकाको चलचित्र ‘द ग्रेट टोपाङ्गा फायर’ले र ‘जजेज च्वईस अवार्ड’ भारतको ‘नाची से बाँची’ले प्राप्त गरेको छ ।
महोत्सबमा विधार्थीका लागि छुट्टै अवार्ड राखिएको थियो । जस अन्तर्गत ‘बेस्ट स्टुडेन्ट फिल्म अवार्ड’ तर्फ स्पेनको ‘फोर हुम यु ह्याभ देयर’ले पाएको छ ।
नेपाली लोक संस्कृति एवं सँगीत अनुसन्धानमा आजीवन योगदान पु¥याएको ठहर गर्दै संस्कृतिविद् तृुलसी दिवसलाई सोही कार्यक्रममा आयोजक संस्था लोकबाजा सँग्रहालयका तर्फबाट ‘लाईफटाईभ एचिभमेन्ट अवार्ड–२०१७’बाट सम्मानित गरिएको छ । पश्चिम नेपालको ग्रामिण क्षेत्रमा रहेर निरन्तर फेरी गायनमा योगदान पु¥याएका स्रस्टा चन्द्रदत्त पाण्डेलाई सो काक्रममा ‘दीर्घ संगीत सम्मान–२०१७’बाट सम्मानित गरियो ।
काठमाडौँ । अभिनेत्री वर्षा शिवाकोटी आगामी नेपाली सिनेमा गंगारानी मा अनुबन्धित भएकी छन् । निर्माण टिमले उनलाई औपचारिक रूपमा स्वागत...
काठमाडौँ । आजदेखि दुई नेपाली फिल्म ‘मितज्यू’ र ‘काजी’ देशभर एकसाथ प्रदर्शनमा आएका छन्। मितेरी साइनोको कथामा आधारित फिल्म ‘मितज्यू’...
काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’को वितरण अधिकार कुवेर सिने डिस्ट्रिब्युसनले प्राप्त गरेको छ । निर्माता वसन्त लम्साल र कुवेर...