२० महिनापछि नेपाली कामदार दक्षिण कोरिया उडे – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

२० महिनापछि नेपाली कामदार दक्षिण कोरिया उडे

काठमाडौं । रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेका श्रमिकहरुलाई कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा बुधबारदेखि कामदार पठाउन सुरु गरिएको हो ।

कोरोनाभाइरसको संक्रमणका कारण जान श्रमिकहरु करिब २० महिनापछि कोरिया जान शुरु गरेको बैदेशिक रोजगार विभागले जनाएको छ । पहिलो चरणमा ४८ जना श्रमिकहरु बुधबार कोरिया पठाएको वैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काफ्लेले बताए । उनले भने, ‘ कोरियामा गएर काम गरी नेपाल आएका कामदारहरु पुनः कोरिया पठाउँन थालिएका हो ।’

महानिर्देशक काफ्लेका अनुसार पहिलो चरणमा ५० जना पठाउँनु पर्ने थियो तर प्राविधिक कमजोरिका कारण अहिले ४८ जना मात्रै पठाउन लागिएको हो । कोरियाबाट कमिटेड वर्कर १ सय १९ मध्य ४८ जनालाई पहिलो चरणमा पठाइएको हो । अन्य कामदारलाई पनि दुबै मुलुकबीचको समन्वनमा पठाइनेछ ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ कार्तिक १०, १६: ५५

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ कार्तिक १०, १६: ५५

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७८ कार्तिक १०, १६: ५५

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...