धानबालीमा क्षति ब्यहोरेका किसानलाई सरकारले ६५ प्रतिशतसम्म राहत दिने निर्णय – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

धानबालीमा क्षति ब्यहोरेका किसानलाई सरकारले ६५ प्रतिशतसम्म राहत दिने निर्णय

काठमाडौं । धानबालीमा क्षति ब्यहोरेका किसानलाई सरकारले ६५ प्रतिशतसम्म राहत दिने भएको छ । बाढी, पहिरो र ढुवानका कारण किसानले धानबालीमा क्षति ब्यहोरेका थिए ।

सरकारले धानबालीमा भएको क्षतिबारे अध्ययन गर्न गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा यसअघि नै समिति गठन गरेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले जानकारी दिए अनुसार बिहीबार बसेको मन्त्रिपरिषद बैठकले १० कठ्ठा भन्दा कम जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने, ३ विघासम्म जग्गा भएका किसानलाई क्षतिको ३० प्रतिशत र ३ विघा भन्दा बढी जग्गा भएका किसानलाई २० प्रतिशत राहत दिने निर्णय सरकारले गरेको बताए ।

कात्तिक १ देखिको वर्षा, बाढी र डुवानका कारण देशका धेरै ठाउँमा पाकेको धानबाली डुवानमा परेको थियो । धान भित्र्याउने बेलाको वर्षा र बाढीपहिरोले मुलुकभर क्षति भएको थियो । वर्षाले बढी क्षति र्पुयाएका जिल्लामा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, सर्लाही, चितवन, नुवाकोट, नवलपरासी, स्याङ्जा, रूपन्देही, बर्दिया, कपिलवस्तु, बाँके, सुर्खेत, डोल्पा, जुम्ला, सल्यान, कैलाली र कञ्चनपुर छन् ।

दसैंपछि किसानले धान काटेर भित्र्याउने तयारी गरेको बेला अचानक पानी परेका कारण धानबालीमा बढी क्षति भएको हो । धेरै किसानहरु धन काटेर भित्र्याउने तयारीमा थिए । काटेको धान कतिपय ठाउँमा बगेको थियो ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ कार्तिक ११, १८: २४

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ कार्तिक ११, १८: २४

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७८ कार्तिक ११, १८: २४

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...