
काठमाडाैं । उपत्यकाका विभिन्न स्थानबाट हराएका २३ सवारी साधन ट्राफिक महाशाखाले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानबाट हराएका साधनहरुको खोजीगरि १५ वटा मोटरसाईकल र ८ वटा स्कुटर शुक्रबार सम्बन्धित धनीहरुलाई हस्तान्तरण गरेको हो ।
ट्राफिक महाशाखाका प्रमुख वरिष्ठ उपरिक्षक जनक भट्टराईका अनुसार उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्न ट्राफिक प्रहरीले बिशेष टोली परिचालन गरेको छ । उनले भने, ‘मोटरसाईकल हराउनै नदिनको लागी सबैको सहयोग र हातेमालोको खाँचो रहेको छ । बिशेषगरि सवारी धनी थप सजक एव जिम्मेवार हुँनुपर्छ ।’

महाशाखाकाका अनुसार यस आर्थिक वर्षमा हराएका ३८७ मोटरसाईकल मध्ये १७१ मोटरसाईकल नियन्त्रणमा लिई १६८ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ । मोटरसाईकल चोरीमा संलग्न १९ जनालाइ मोटरसाईकल सहित सम्बन्धित प्रहरी बृत्तहरुमा कारबाहीको लागी पठाइएको छ ।

भिडियाे…
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...