जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाउन शुरु – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाउन शुरु

काठमाडौं । जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाउन शुरु गरेको छ । ललितपुर महानगरपालिकाले पहिलो चरणमा ७४ वर्षमाथिका जेष्ठ नागरिकलाई आइतबारदेखि निमोनियाविरुद्धको खोप लगाउन शुरु गरेको जनाएको हो ।

महानगरका अनुसार ७० बर्षभन्दा माथिका करिब ८ हजार संख्यामा जेष्ठ नागरिक रहेका छन् । पहिलो चरणमा ५ हजार २ सय जनालाई खोप दिइएपछि बाँकीलाई दोस्रो चरणमा खोप दिइने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए । उनले भने, ‘ ७० वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाउने हाम्रो लक्ष्य छ ।’

प्रशासकीय अधिकृतका अनुसार वडामा रहेको खोप केन्द्रमा विहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउन सकिने छ । खोप कार्यक्रम कात्तिक १७ गतेसम्म सञ्चालन गरिनेछ । नागरिकताको प्रमाणपत्र र वडा कार्यालयको सिफारिसको आधारमा निमोनियाविरुद्धको खोप (पीसीभी–१३०) दिन शुरु गरिएको उनले बताए ।

उनका अनुसनर दोस्रो चरण अन्तर्गत ७० देखि ७३ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप दिइनेछ ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ कार्तिक १४, १४: ५४

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ कार्तिक १४, १४: ५४

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७८ कार्तिक १४, १४: ५४

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...