न्यायाधीशहरूकाे इजलास बहिष्कारले सेवाग्राही मारमा – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper
विराेध स्वरूप माइतीघर मण्डलामा विद्यार्थीहरूले गरे सडक नाटक प्रदर्शन

न्यायाधीशहरूकाे इजलास बहिष्कारले सेवाग्राही मारमा

काठमाडौं । स्वतन्त्र विद्यार्थीहरुको समुहले माइतीघर मण्डलामा विरोध प्रर्दशन गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिष्कार गरेर सेवाग्राही मारमा परेको बताउँदै विरोध प्रदर्शन गरेका हुन् ।

न्यायाधीशहरूले इजलास बहिष्कार गर्दा सेवाग्राही मारमा परेको र न्यायपालिकामा गुटबन्दी सिर्जना भएको विरोधमा स्वतन्त्र विद्यार्थीहरुले माइतीघर मण्डलामा सडक नाटक प्रस्तुत गरेका थिए । विरोधमा हड्तालकारी न्यायाधीसलाई जनताले घिसारेर इजलासमा लैजानु पर्छ भनेर लेखिएको ब्यानर राखेका थिए ।

विद्यार्थीहरुले इजलास बहिष्कार गर्न नहुने भन्दै विभिन्न प्लेकार्डहरू प्रदर्शन गरेका थिए । प्रदर्शनमा मुद्धा सुनुवाई गर्न छोडेर इजलास बन्द गर्ने कस्तो नैतिकता ?, स्वतन्त्रता ?, न्यायमूर्तिका रुपमा स्थापित सम्माननीय न्यायाधीशहरुलाई इजलास बहिष्कार गर्ने अधिकार कसले दियो ? हल्ला र गुटबन्दीको भरमा राजनीति चल्ला तर न्यायपालिका होइन, न्यायपालिका माथिको हस्तक्षेप बन्द गर, सबै खाले गुटबन्दीको अन्त्य गर, न्यायाधीशज्यूहरुबाट गरिएको हड्तालले न्यायमूर्तिको स्वभा दिएन, इजलासमा बसेर न्याय देउ, होइन भने राजीनामा देउ, हामी सेवाग्राही मारमा, न्यायाधीशहरु राजनीति, गुटबन्दी र बारमा लगायत नारा लेखिएका प्लेकार्ड प्रस्तुत गरेका थिए ।

सडक नाटक प्रदर्शन

भिडियाे…

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ कार्तिक १४, १७: ०९

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ कार्तिक १४, १७: ०९

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ कार्तिक १४, १७: ०९

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...