
काठमाडौं । गत २४ घण्टामा थप ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५,७३१ पीसीआर परीक्षणमा ३७६ जना र २,१६८ एन्टिजेन परीक्षणमा ३२ जना गरी ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
गत २४ घण्टामा ५१८ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको हो ।
हाल देशभर कोरोना संक्रमितको संख्या ९ लाख ७ हजार १ सय ५ पुगेको छ भने मृत्यु हुनेको संख्या हालसम्म ११ हजार ४ सय ७ जना रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म ७ लाख ९१ हजार ७ सय ८७ जना निको भएका छन् । ९ हजार ३ सय ७६ सक्रिय संक्रमित आइशोलेशन र २ सय ११ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...