४९० जना निको भएसंगै देशभर थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

४९० जना निको भएसंगै देशभर थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि

coronavirus

काठमाडौं । गत २४ घण्टामा देशभर थप ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ४६८ जनाको पीसीआर परीक्षण गर्दा ४४१ जना र ४ हजार १९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ गरी ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा ४९० जना कोरोना संक्रमित निको भएका छन् । थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ । नयाँ संक्रमित थपिएसँगै देशभर संक्रमितको कुल संख्या ९ लाख ७ हजार ६३८ पुगेको छ ।

हालसम्म ७ लाख ९२ हजार २७७ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ४१६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको अविलेख छ ।

देशभर हाल ९ हजार ३१८ जना सक्रिय संक्रमित रहेको , ८ हजार ५९८ जना होम आइसोलेसनमा र ७२० जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै २४१ जना आईसीयू र ७४ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जानकारी दिएको हो ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ कार्तिक १५, १६: ५८

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ कार्तिक १५, १६: ५८

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७८ कार्तिक १५, १६: ५८

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...