न्यायपालिकामा उत्पन्न समस्या त्यहीँबाट समाधान हाेस्ः मन्त्री बडु – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

न्यायपालिकामा उत्पन्न समस्या त्यहीँबाट समाधान हाेस्ः मन्त्री बडु

काठमाडौं । न्यायपालिकाभित्र देखिएको समस्या न्यायपालिकाले नै समाधान गरोस भन्ने चाहना आफुहरुको रहेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले बताएका छन् ।

नेपाल पत्रकार महासंघले मंगलबार आयोजना गरेको कार्यक्रममा मन्त्री बडुले न्यायालयमा उत्पन्न अहिलेको समस्या जनताको न्याय पाउने अधिकारको सम्मान गर्दै, जनता न्यायपालिकामाथिको विश्वासमा कमी आउन नदिन न्यायालयबाटै समाधान हुनुपर्ने बताएका हुन् ।

विगत केही दिनदेखि नेपाल बार एशोसिएशन, सर्वोच्च अदालतका न्यायाधीश, पूर्वप्रधानन्यायाधीश तथा कानून व्यवसायीहरुले मन्त्रिपरिषद र संवैधानिक आयोगहरुमा भागवण्डा लिएको, न्यायपालिकामा देखिएका विकृती, विसंगति र भ्रष्टचार जस्ता समस्या समाधान गर्न नसकेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन दबाब दिंदै आएका छन् ।

न्यायापालिकामा आगो लागि रहदा राजनीतिक दल र सरकारले केही पहलकदमी नचालेको कानून व्यवसायीहरुले बताउँदै आएका छन् । यस्तो अवस्थामा नबोल्ने नेताहरुले मुल्य चुकाउनु पर्ने चेतावनी कानून व्यवसायीहरुले दिएका छन् ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ कार्तिक १६, १५: ०६

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ कार्तिक १६, १५: ०६

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ कार्तिक १६, १५: ०६

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...