
काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती मनाइएको छ । विहीबार देवकोटाको ११३ औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको हो ।
नेपाली साहित्य क्षेत्रमा आफ्नो अतुलनीय योगदान देवकोटा सानै उमेरदेखि साहित्यप्रमी थिए । उनले दश वर्षको उमेरदेखि नै कविता लेख्न सुरु गरेका थिए । नेपाली साहित्य क्षेत्रमा उनका सयभन्दा धेरै कृतिहरु रहेका छन् । महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविताहरु प्रकाशित छन् । देवकोटाले ‘चम्पा’ नामक एक मात्र उपन्यास लेख्नुभएको थियो ।
देवकोटाको जन्मजयन्तीका अवसरमा काठमाडौंको प्रज्ञा परिसरमा अवस्थित महाकविको प्रतिमामा कुलपति गङ्गाप्रसाद उप्रेती, सदस्य सचिव प्रा.जगतप्रसाद उपाध्याय लगायतले माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी श्रद्धासमुन अर्पण गरेका थिए ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित अहिलेसम्मकै सबैभन्दा बढी बिक्री भएको पुस्तक मानिन्छ । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उहाँका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।

कात्तिक कृष्ण औँसी अर्थात लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा १९६६ मा महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म भएको थियो । वि. सं. २०१३ सालमा देवकोटा नेपालको शिक्षा मन्त्री भएका थिए । शिक्षा मन्त्री हुँदा उनले त्रिभुवन विश्वविद्यालय तथा नेपाल प्रज्ञाप्रतिष्ठानको स्थापनामा महत्वपूर्ण भुमिका खेलेका थिए ।
महाकवि देवकोटाको मृत्यु २०१६ भाद्र २९ गते भएको थियो ।


काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...