
काठमाडौं । भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । स्कटल्याण्डको ग्लोस्गोमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी कोप–२६ सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणमा आउने निम्तो दिएका हुन् ।
कोप – २६ सम्मेलनमा सहभागी हुने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो । दुई प्रधानमन्त्रीको भेटका क्रममा प्रम देउवाले मोदीलाई नेपाल भ्रमणको निम्तो गरेका थिए ।
सम्मेलनबाट विहीबार स्वदेश फर्केका प्रम देउवाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसंग कुरा गर्दै भारतीय प्रधानमन्त्रीलाई नेपालको भ्रमणमा आउन निम्तो दिएको बताए । उनले भने,‘मैले उहाँलाई नेपाल आउनुस् भनेँ । तपाईंलाई नेपालमा स्वागत छ भनेँ । तपाईं पशुपति जानुहुन्छ, मुक्तिनाथ जानुहुन्छ, धार्मिक भ्रमण पनि हुन्छ भनेँ । उहाँ नेपाल आउन तयार छु भन्नु भन्नुभयो । उहाँले पनि मलाई भारत भ्रमणको निम्तो दिनुभयो ।’
भरतीय प्रधानमन्त्री मोदीले नेपालको दुई पटक भ्रमण गरिसकेका छन् । प्रधानमन्त्री देउवाको आग्रहमा भारतीय समकक्षी मोदीले हुन्छ भने पनि मोदीको भ्रमणबारे बाँकी कुरा भने भएन । दुई समकक्षीबीच निम्तो आदान प्रदान भएपछि भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका लागि नेपाल सरकारले आवश्यक प्रकृया थाल्ने बुझिएको छ ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...