मेलम्चीको पानी अस्थायी संरचनाबाटै सुरुङमा पठाउने – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper
मेलम्चीको क्षतिग्रस्त बाँध र सुरुङको मन्त्री चौधरीद्धारा निरिक्षण

मेलम्चीको पानी अस्थायी संरचनाबाटै सुरुङमा पठाउने


सिन्धुपाल्चोक । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको क्षतिग्रस्त वाँध र सुरुङको मर्मत तथा निर्माणको लागि तत्काल विगतकै अस्थायी संरचनाबाटै काठमाडौबासीले खानेपानी पठाउने बताएका छन्।


मन्त्रालयका सचिव, विभागीय प्रमुख, आयोजना प्रमुख र प्राविधिकसहित सोमबार यहाँको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मेलम्ची खानपानी आयोजनाको क्षतिग्रस्त प्रमुख बाँध स्थल र सुरुङको निरिक्षणपछि कर्मचारीहरुलाई निर्देशन दिँदै तत्काल अस्थायी संरचनाको मर्मत र निर्माण गर्न भनेका हुन्।

अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङ र बाँधको स्थलगत निरिक्षणका पछि संचारकर्मीहरुसँग बोल्दै मन्त्री चौधरीले मेलम्चीको पानी काठमाडौंबासीलाई खुवाउनको लागि गत असार १ गते अघि केही समय प्रयोग भएको अस्थायी वाँध र सुरुङको पहिलो चरणमा प्राथमिकताको आधारमा मर्मत गरी संचालन गर्ने बताए ।

मन्त्री चौधरीले मेलम्ची खानेपानी आयोजनालाई अस्थायी र स्थायी गरी दुई चरणमा भौतिक संरचनाको निर्माण गर्नु पर्ने बताए । उनले स्थायीरुपमा पानी सुरुङमा पथान्तरण गर्न पहिरो नियन्त्रण, स्थायी बाँधको संरचना निर्माण र मर्मत, बाँधस्थलको उत्तरतर्फको मेलम्ची खोला उद्गमस्थल नजिक रहेको भेमाथानमा रहेको भुक्षय नियन्त्रणको कार्य अनिबार्य रहेको बताए।


स्थलगत निरिक्षणको क्रममा अम्बाथान पुगेका हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई मेलम्ची खोलाले क्षतिग्रस्त बनाएको ग्याल्थुमदेखि आयोजना बाँधस्थलसम्मको क्षतिग्रस्त करिव १४ किलोमिटर बाटो गाउँपालिकाकै स्रोतबाट बाटो निर्माण गरेकोमा धन्यबाद दिए ।


सो अवसरमा मन्त्री चौधरीले गाउँपालिकाका अध्यक्ष, आयोजना निर्माण गर्ने चाईनिज ठेकेदार कम्पनीका प्रतिनिधिसँग र स्थानीयसँग क्षति र आयोजनाको निर्माणको विषयमा छलफल गरेका थिए।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ कार्तिक २२, २१: ४५

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

ओमानसँग नेपाल पराजित
ओमानसँग नेपाल पराजित
  • २०७८ कार्तिक २२, २१: ४५

काठमाडौं : आइसिसी  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ कार्तिक २२, २१: ४५

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...