
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसियसनले धर्ना सुरु गरेको छ। दोस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत बारले आज सर्वोच्च अदालतमा धर्ना दिइरहेको हो।
सोमबार बसेको बारको बैठकले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आएको बार एसोसिएसनले सर्वोच्चकेन्द्रित आन्दोलनलाई जिल्ला र उच्च अदालतसँगै न्यायाधीकरणसम्म विस्तार गर्ने बताएको छ । बार पदाधिकारी बैठकले जिल्ला र इकाइकेन्द्रित आन्दोलन पनि तय गरेको हो ।
उपत्यकाका सबै अदालतलाई २५ देखि ३० कात्तिकसम्म मध्याह्नअगाडि मुद्दा सुनुवाइ नगर्न आग्रह गरेको छ भने २८, २९ र ३० कात्तिकमा देशभरका सबै ९० वटा बार इकाइमा कालोपट्टी बाँधेर कार्यसम्पादन गर्ने निर्णय गरेको छ ।
जबराले सहमतिका नाममा आफूहरूलाई अल्झाउने रणनीति लिएकाले ठोस प्रस्ताव नल्याएसम्म छलफलमै नबस्ने बारको निष्कर्ष छ ।
When you’re looking for a casino that lets you grab a win and move on in a flash, Simsinos has...
The Pulse of Quick Play When you open Reels of Joy, the first thing that hits you is the electric hum of...
1. The Pulse of Rapid Gaming at Chippy Casino When you hit the Chippy Casino login screen, the first thing...