हस्तकला क्षेत्रको बिकास र प्रवर्द्धनका लागि सरकार प्रतिवद्ध छः प्रधानमन्त्री देउवा – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

हस्तकला क्षेत्रको बिकास र प्रवर्द्धनका लागि सरकार प्रतिवद्ध छः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तकला क्षेत्रको बिकास र प्रवद्र्धनका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् । नेपाल हस्तकला महासंघको आयोजनामा शुक्रबारबाट सुरु भएको १८ औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्रमा टेवा पुराउदै आएको हस्तकला क्षेत्रको बिकास र प्रवद्र्धनका लागि सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।

प्रधानमन्त्री देउवाले हस्तकला क्षेत्रले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको बताउदै विदेशी मुद्राको आयआर्जनबाट मुलुकको आर्थिक घाटा न्युनिकरण हुने गर्न सकिने बताए । सरकारले हस्तकला क्षेत्रमा रहेको कर समस्यालाई सहजिकरण गर्न सहयोग गर्ने बताए । नेपालको गरिमा र नेपाललाई विश्वमा परिचित गराउन हस्तकला उद्योगले समयानुकुल परिस्कृत गर्दै अघि बढ्नुपर्ने सुझाव दिए ।

मंसिर ५ गतेसम्म चल्ने मेलामा हस्तकला लगायत विभिन्न वस्तुको करिब एक सय २० स्टल रहेका छन् भने मेलाको प्रमुख आकर्षणमा कला प्रतियोगिता रहेको छ । प्रतियोगितामा बिभिन्न विधामा प्रतिस्पर्धा गरिने र प्रतियोगीलाई पुरस्कृतसमेत प्रदान गरिने महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले जानकारी दिए ।

सुन्नुहाेस्…

सम्बन्धित समाचार

राष्ट्रपतिले आज अध्यादेशबारे संविधानविद्हरूसँग राय लिने
राष्ट्रपतिले आज अध्यादेशबारे संविधानविद्हरूसँग राय लिने
  • २०७८ मंसिर ३, १५: ३०

काठमाडौँ।सरकारले संसद् रोकेर एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेपछि अप्ठेरोमा परेका राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुविद्हरूसँग परामर्श गर्ने भएका...

यस्ता छन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका ६ अध्यादेश
यस्ता छन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका ६ अध्यादेश
  • २०७८ मंसिर ३, १५: ३०

काठमाडौं : संघीय संसद बैठक आह्वान गरेकाे भाेलिपल्टै स्थगित गरेकाे सरकारले विभिन्न ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको...

यी स्थानमा आज वर्षाको सम्भावना
यी स्थानमा आज वर्षाको सम्भावना
  • २०७८ मंसिर ३, १५: ३०

काठमाडौं : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम...