
जनकपुरधाम । प्रदेश २ मा दुई जना नवनियुक्त मन्त्री नेकपा (एकीकृत समाजवादी) पार्टीबाट सरकारमा सहभागी भएका शत्रुद्यन महतो र प्रमोद यादवले शपथ ग्रहण गरेका छन् । उनीहरुले आइतबार बिहान जनकपुरधामस्थित मधेश भवनमा शपथ ग्रहण गरेका हुन् ।
मधेश भवमा आयोजित शपथ ग्रहण कार्यक्रममा एकीकृत समाजवादीका महतोले उद्योग, पर्यटन, वन तथा वातावरण र यादवले कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
आज (आइतबार) बिहान दुवैजना नवनियुक्त मन्त्रीहरुलाई मधेश भवनमा आयोजित समारोहमा प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराएका थिए ।
काठमाडौँ।सरकारले संसद् रोकेर एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेपछि अप्ठेरोमा परेका राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुविद्हरूसँग परामर्श गर्ने भएका...
काठमाडौं : संघीय संसद बैठक आह्वान गरेकाे भाेलिपल्टै स्थगित गरेकाे सरकारले विभिन्न ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको...
काठमाडौं : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम...