
बीरञ्ज । खानेपानी मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरी पार्टीको १४औं महाधिवेशनको क्रममा गृह जिल्ला बारामा केही दिन व्यस्त भएपछि पर्षा जिल्लाका विभिन्न खानेपानी आयोजनाको अवस्था बुझ्ना स्थलगत निरिक्षणमा लागेका छन्।
खानेपानी मन्त्री चौधरीले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र खानेपानी संस्थानका बीरगञ्जस्थित कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुअघि नै पर्षा जिल्ला र वीरगञ्ज महानगरपालिका भित्र संचालिन खानेपानी आयोजनाको अवस्थाको बारेमा स्थलगत निरिक्षण गरेका थिए ।
मन्त्री चौधरीले पर्षागढी नगरपालिका ३ स्थित बडनिया खानेपानी आयोजना, पर्षागढी नगरपालिका १ स्थित मनवा खानेपानी आयोजना, बीरगञ्ज महानगरपालिका ३१स्थित मिनलचौक –सोलकपुर खानेपानी आयोजनाको पिउने पानी वितरणको बारेमा जानकारी लिएका थिए ।

स्थलगत निरिक्षणका क्रममा मन्त्री चौधरीले खानेपानी आयोजनाले भौतिक पूर्वाधार निर्माण गरे पनि वितरण प्रणाली प्रभावकारी नभएको, निम्न आय भएका समुदायसम्म खानेपानीको सुविधा नपुगेको र पर्याप्त सुद्ध पानी बितरण क्षेत्र बिस्तार गर्नु पर्ने खाँचो रहेको भन्दै कार्यालय प्रमुखहलाई निर्देशन दिएका थिए ।
उनले निर्माण कार्य शुरु भएर पुरा नभएका आयोजनालाई चालु आर्थिक वर्षभित्र नै सम्पन्न गर्न निर्देशन दिएको मन्त्री चौधरीका स्वकिय सचिव कृष्णप्रसाद चौधरीले बताए ।

सबै नेपाली नागरिकले शुद्ध खानेपानी पाउने मौलिक अधिकार संविधानले नै रक्षा गरेको भन्दै मन्त्री चौधरीले त्यसको लागि सरकारले एक घर एक धाराको अवधारणा अघि ल्याएको स्पस्ट पारे । उनले दलित, विपन्न र सिमान्तकृत वर्गका घर परिवारमा पिउने पानीको सुविधा उपलब्ध गराउन सरकारले स्यालो टुवेलको प्रवन्ध गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...