सुदूरपश्चिम सभापतिमा बलायर निर्वाचित – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

सुदूरपश्चिम सभापतिमा बलायर निर्वाचित

धनगढी । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर भारी मतान्तरले विजयी भएका छन् । बलायरले प्रतिद्वन्द्वी नारायणदत्त मिश्रलाई ४ सय ८ मतान्तरले पराजित गरेका हुन् ।

काँग्रेस सुदूरपश्चिम प्रदेश निर्वाचनमा कुल १ हजार २६ जना प्रतिनिधि रहेकोमा १ हजार ३ जनाले मतदान गरेका थिए । सभापति पदमा बलायरले ६ सय ८८ मत पाए भने प्रतिद्वन्द्वी नारायणदत्त मिश्रले २ सय ८० मत मात्र पाए ।

त्यस्तै उपसभापतिमा जनकराज चौधरीले ६१० र लोकराज अवस्थी ५२३ मत प्राप्त गरि विजयी भए भने महामन्त्रीमा मेघराज खड्काले ६४८ र नरनारायण शाह ६३५ मत पाएर निर्वाचित भए । निर्वाचन समितिका अनुसार पदाधिकारीमा बलायर प्यानल विजयी भएको हो ।

त्यस्तै प्रदेश सह महामन्त्रीमा चिन्तामणि भट्ट ५२९ मत, गोपालदत्त भट्ट ५३३ मत र अम्बिकाकुमारी चलाउने ६८६ मत प्राप्त गरि निर्वाचित भए ।

सम्बन्धित समाचार

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ मंसिर १९, १२: ४५

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ मंसिर १९, १२: ४५

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ मंसिर १९, १२: ४५

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...