
विराटनगर । सर्वोच्च अदालतमा देखिएको गतिरोधको अन्त्य सबै पक्षको संवाद र छलफलबाट हुनुपर्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंगको कुराकानीमा अध्यक्ष नेपालले न्यायपालिकाको गरिमालाई उच्च बनाइराख्न र जनताको न्याय पाउने अधिकारको रक्षा गर्न सबै पक्षले संवादबाट समाधानको बाटो खोज्नुपर्ने बताएका हुन् ।
पाँच दलीय राजनीतिक गठबन्धन लोकतन्त्रको सुदृढीकरण र सङ्घीयता रक्षा गर्न बनेको र यसमा विपक्षी नेताहरुले भने जस्तो कुनै समस्या नरहेको बताए । नेता नेपालले गठबन्धनका दलहरुमा तीन तहको एकैपटक निर्वाचन गर्ने हो वा अलगअलग गर्ने हो त्यस विषयमा छलफल भइरहेको बताए ।
तीन तहको निर्वाचनसम्म नै गठबन्धन जारी रहने बताउँदै नेपालले अवको केही दिनमा सम्पन्न हुने राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनले राम्रो सफलता हासिल गर्ने बताए ।
त्यस्तै विपक्षी दलका नेतालाई कटाक्ष गर्दै नेपालले आफूले गठबन्धन गर्दा राम्रो अरुले गर्दा नराम्रो भन्नु मानसिकता खराब भएको बताए ।
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...