काँग्रेस महाधिवेशनः प्रतिनिधि बस्न तीन ठाँउका हाेटल बुकिङ – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper
ठमेल, गौशाला र सुन्धाराका हाेटलमा बस्ने व्यवस्था

काँग्रेस महाधिवेशनः प्रतिनिधि बस्न तीन ठाँउका हाेटल बुकिङ

काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुका लागि होटल बुकिङ गरिएको छ । यहि मंसिर २४–२७ गतेसम्म काठमाडौंमा हुन १४औँ महाधिवेशनमा भाग लिन काठमाडौँ आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा होटल बुकिङ गरिएको आवास तथा भोजन व्यवस्थापन समितिले जनाएको हाे ।

समिमिका अनुसार काठमाडौंको ठमेल, गौशाला र सुन्धारामा बस्ने व्यवस्था मिलाएको छ भने महाधिवेशनमा सहभागी हुने ८ हजार व्यक्तिका लागि अनुपम फुडल्याण्ड, बत्तीसपुतली र दियालो फुडल्याण्ड, बसुन्धराले संयुक्तरुपमा भोजनको व्यवस्था गर्ने बताएको छ ।

काँग्रेस महाधिवेशनमा देशभरबाट चार हजार बढी प्रतिनिधि सहभागी हुने र हालसम्म उनीहरुका लागि काठमाडौंका ८६ होटल बुकिङ गरिएको आवास तथा भोजन व्यवस्थापन समिति संयोजक एवम् पार्टी केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए । लगभग १०० होटल बुकिङ गरिने पाण्डेले बताए ।

मङ्सिर २४ गते बेलुकादेखि २७ गते बेलुकासम्म भोजनको व्यवस्था महाधिवेशन स्थल भृकुटीमण्डपमा गरिने संजोजक पाण्डे बताए ।

सम्बन्धित समाचार

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ मंसिर २१, १३: ३७

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ मंसिर २१, १३: ३७

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ मंसिर २१, १३: ३७

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...