दोलखा चरिकोट–मुडे सडक विस्तार ढिलाई, स्थानीय आन्दोलित – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

दोलखा चरिकोट–मुडे सडक विस्तार ढिलाई, स्थानीय आन्दोलित

काठमाडौं । सडक विस्तार तथा कालोपत्रेको काम अलपत्र पार्ने ठेकेदारलाई कारवाही गर्न माग गर्दै विरोध प्रदर्शन भएको छ । दोलखा चरिकोट–मुडे सडक विस्तार तथा कालोपत्रेको काम २०७४ सालमा नै सम्पन्न हुनुपर्ने भएपनि निर्माण कम्पनीले अझै सम्पन्न गर्न नसकेको भन्दै स्थानीय तथा सरोकारवालाहरुले विरोध गरेका हुन् ।

सडक विभागमा मंगलबार धर्नामा बसेका स्थानीय तथा सरोकारवालाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभागको गेटमा नारावाजी गरेका कारण नियन्त्रणमा लिएको प्रहरी बताएको छ । ललितपुरको चाकुपाटस्थित विभागको गेट बाहिर स्थानीयहरुले चरिकोट–मुडे सडक चाडो कालोपत्रे गर, ६ वर्षदेखि दोलखाबासीले भोगिरहेको विचल्लीबाट मुक्ति दे लगाएतका नारा लगाएका थिए ।

गत सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले चरिकोट–मुडे सडक विस्तार संघर्ष समितिसंगको छलफलकमा समय मै सडक निर्माण नगर्ने ठेकेदारसंगको सम्झौता रद्द गर्ने बताएका थिए ।

भिडियाे….

सम्बन्धित समाचार

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ मंसिर २१, १५: २३

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७८ मंसिर २१, १५: २३

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...

याम्बालिङ हाइड्रोपावरको आइपिओ आजदेखि खुला, १७.४३ लाख कित्ता सर्वसाधारणका लागि
याम्बालिङ हाइड्रोपावरको आइपिओ आजदेखि खुला, १७.४३ लाख कित्ता सर्वसाधारणका लागि
  • २०७८ मंसिर २१, १५: २३

काठमाडौं । याम्बालिङ हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आइपिओ) खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १७...