
काठमाडौं । अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी छोरी सीता (जानकी) को बिहे भएको सम्झनामा आज विवाह पञ्चमी महोत्सव विविध कार्यक्रमगरी मनाइँदै छ । राम र सीताको पूजाआराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाउने चलन रहिआएको छ ।
आज जनकपुरमा विशेष रौनक देखिएको छ । यहाँ साप्ताहिक रुपमा विवाह पञ्चमी मनाइन्छ । मुख्य आकर्षण आज हुने राम–जानकीको प्रतीकात्मक विवाह हो । मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ ।
पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी जनकपुरको रंगभूमिमा पुर्याइन्छ ।
जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमिमा लगिन्छ । रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ ।
विवाह महोत्सवमा बाजागाजासहित झाँकी प्रस्तुत हुने तथा जन्ति र डोला हेरिने परम्परा छ । सो अवसरमा सहभागी हुन नेपालका विभिन्न प्रदेशका साथै छिमेकी मुलुक भारतबाटसमेत श्रद्धालुहरू जन्तीको रुपमा सहभागी हुने गर्छन् ।
गत वर्ष कोरोना संक्रमणको कारण औपचारिकता पूरा गर्नमात्र राम–जानकी विवाह महोत्सव मनाइएको थियो । यो वर्ष काठमाडौंबाटसमेत जन्तीको रुपमा एक टोली मंगलबार जनकपुर प्रस्थान गरेको छ ।
गुठी संस्थानका सहायक प्रशासक आनन्दप्रसाद कर्माचार्यले मिठाइ, फलफूल, शृङ्गारका सामग्री, सुगन्धसहित संस्थानको एक टोली विवाह पञ्चमीमा सहभागी हुने परम्परा रहेको जानकारी दिए ।
काठमाडौँ। नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।समारोहमा...
काठमाडौँ । उपन्यास “मनझोली” भव्य समारोहबीच साहित्यकार , गितकार, गजलकार देबि घिमिरे को पाँच वर्षको निरन्तर साधना र साहित्यिक यात्राको सार्थक...
ललितपूर । नेपालभाषा चिबाखं साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले ख्वाःपौ विमोचन तथा लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार पाटन संग्रहालयको...