महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए कलाकार जोगिन्दर – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए कलाकार जोगिन्दर

काठमाडौं । सर्लाही क्षेत्र नं. ४ बाट नेपाली काँग्रेसको १४औं महाधिवेशनमा कलाकार शिव शंकर रिजाल (जोगिन्दर) महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । पार्टीको आन्तरिक समस्याका कारण दोस्रो पटक सम्पन्न भएको निर्वाचनमा रिजाल पुनः निर्वाचित भएका हुन् ।

सार्वजनिक मतपरिणाममा नेपाल विद्यार्थी संघबाट राजनीति र कला क्षेत्रमा प्रवेश गरेका कलाकार रिजालले ५ सय १३ मत प्राप्त गरेका थिए । यसअघि नेपाल साँस्कृतिक संघको महामन्त्री रहेका रिजाल दोस्रो पटकको निर्वाचनमा पनि महाधिवेशन प्रतिनिधि निर्वाचित भए ।

कलाकार रिजालले मतदाता साथीहरुमा आभार प्रकट गर्दै महाधिवेशनको प्रतिस्पर्धामा रहेका साथीहरुलाई घरभित्रकै प्रतिस्पर्धाको रुपमा बुझ्न अनुरोध गरे । नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले लोकतान्त्रिक पद्धतिबाटै प्रतिस्पर्धा गरेको बताए । सबैको साझा लक्ष्य र उद्देश्य सुढृत नेपाली काँग्रेस भएको बताए ।

कलाकारिता क्षेत्रमा रहेका धेरै साथीहरु १४औं महाधिवेशनमा निर्वाचित भएको बताउँदै रिजालले कला क्षेत्रमा समर्पित सम्पूर्णमा टेवा पुग्ने विश्वास व्यक्त गरे । निर्वाचित कलाकर्मी तथा युवाहरुले पार्टीमा कला क्षेत्रका बारेमा आवाज बुलन्द गर्न सहज हुने उनको भनाइ छ ।

सम्बन्धित समाचार

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ मंसिर २२, १३: ४७

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ मंसिर २२, १३: ४७

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ मंसिर २२, १३: ४७

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...