महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए कलाकार जोगिन्दर – Naya Bikalpa
April 26, 2024, Friday

महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए कलाकार जोगिन्दर

काठमाडौं । सर्लाही क्षेत्र नं. ४ बाट नेपाली काँग्रेसको १४औं महाधिवेशनमा कलाकार शिव शंकर रिजाल (जोगिन्दर) महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । पार्टीको आन्तरिक समस्याका कारण दोस्रो पटक सम्पन्न भएको निर्वाचनमा रिजाल पुनः निर्वाचित भएका हुन् ।

सार्वजनिक मतपरिणाममा नेपाल विद्यार्थी संघबाट राजनीति र कला क्षेत्रमा प्रवेश गरेका कलाकार रिजालले ५ सय १३ मत प्राप्त गरेका थिए । यसअघि नेपाल साँस्कृतिक संघको महामन्त्री रहेका रिजाल दोस्रो पटकको निर्वाचनमा पनि महाधिवेशन प्रतिनिधि निर्वाचित भए ।

कलाकार रिजालले मतदाता साथीहरुमा आभार प्रकट गर्दै महाधिवेशनको प्रतिस्पर्धामा रहेका साथीहरुलाई घरभित्रकै प्रतिस्पर्धाको रुपमा बुझ्न अनुरोध गरे । नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले लोकतान्त्रिक पद्धतिबाटै प्रतिस्पर्धा गरेको बताए । सबैको साझा लक्ष्य र उद्देश्य सुढृत नेपाली काँग्रेस भएको बताए ।

कलाकारिता क्षेत्रमा रहेका धेरै साथीहरु १४औं महाधिवेशनमा निर्वाचित भएको बताउँदै रिजालले कला क्षेत्रमा समर्पित सम्पूर्णमा टेवा पुग्ने विश्वास व्यक्त गरे । निर्वाचित कलाकर्मी तथा युवाहरुले पार्टीमा कला क्षेत्रका बारेमा आवाज बुलन्द गर्न सहज हुने उनको भनाइ छ ।

सम्बन्धित समाचार

अर्थसचिव मरासिनीले लिए राष्ट्र बैंकको सञ्चालकका रूपमा शपथ
अर्थसचिव मरासिनीले लिए राष्ट्र बैंकको सञ्चालकका रूपमा शपथ
  • २०७८ मंसिर २२, १३: ४७

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले नेपाल राष्ट्र बैंकको सञ्चालकका रूपमा शपथ लिएका छन् । सर्वोच्च अदालतमा बिहीबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश...

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए  विश्वासको मत
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
  • २०७८ मंसिर २२, १३: ४७

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत पाएका छन् । कुल ४० सदस्यीय मध्ये प्रदेश सभाको बैठकमा ...

राष्ट्रियसभा गृहमा एक हजार भन्दा धेरै शीर्षकका पुस्तक प्रदर्शनीमा
राष्ट्रियसभा गृहमा एक हजार भन्दा धेरै शीर्षकका पुस्तक प्रदर्शनीमा
  • २०७८ मंसिर २२, १३: ४७

काठमाडौं । काठमाडौंको राष्ट्रियसभा गृहमा वैशाख ११ गतेदेखि सुरु भएको ‘महिला पुस्तक प्रदर्शनी’मा करिब ५ सय लेखिका र लेखकका जारी...