द्वन्द्वपीडितलाई न्याय दिन सरकार प्रतिवद्ध छः प्रधानमन्त्री देउवा – Naya Bikalpa
March 28, 2024, Thursday

द्वन्द्वपीडितलाई न्याय दिन सरकार प्रतिवद्ध छः प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा सरकार सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगले आयोजना गरेको कार्यक्रममा द्वन्द्वपीडितलाई न्याय दिन सरकार तयार रहेको देउवाले बताएका हुन् ।

सरकार मानवअधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दायित्व पूरा गर्ने कार्यमा लागिपरेको बताउँदै देउवाले मानव बेचबिखनलगायतका गम्भीर प्रकृतिका अपराधका दोषीलाई कारबाही गर्ने काम गरिरहेको बताए ।

प्रधानमन्त्री देउवाले सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन जरुरी रहेको जिकिर गरे । पीडित परिवारलाई सरकार न्याय दिन तयार रहेको र त्यसका लागि गर्नुपर्ने सम्पूणर् काम गर्न तयार रहेको बताए ।

त्यस्तै मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकारको सम्मान, संरक्षण, संवद्र्धन र परिपूर्ति राज्यको कुनै एक निकायको एकल प्रयासले मात्र सम्भव नभएकाले सरकार, संवैधानिक आयोग, नागरिक समाज र नागरिकहरुको सहकार्यबाट सम्भव हुने बताए ।

प्रत्येक वर्ष डिसेम्बर १० मा मनाइने मानवअधिकार दिवस आज ‘असमानता हटाऔँ, मानवअधिकारको सम्मान गरौँ’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ विश्वभरि मनाइँदैछ । सन् १९४८ डिसेम्बर १० मा विश्वव्यापी घोषणा-पत्र जारी भएको थियो ।

सम्बन्धित समाचार

उत्तर पुस्तिका हराएयोः त्रिविले बनायो समिति
उत्तर पुस्तिका हराएयोः त्रिविले बनायो समिति
  • २०७८ मंसिर २४, १४: ११

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले उत्तर पुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । पूर्व रजिस्ट्रार प्राडा चन्द्रमणी...

चार दलबीच सत्ता सहकार्य गर्ने सहमति
चार दलबीच सत्ता सहकार्य गर्ने सहमति
  • २०७८ मंसिर २४, १४: ११

काठमाडौं । बागमती प्रदेशमा चार दलबीच सत्ता सहकार्य गर्ने सहमति भएको छ । एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो...

उत्तरपुस्तिका हराएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन
उत्तरपुस्तिका हराएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन
  • २०७८ मंसिर २४, १४: ११

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तहको उत्तरपुस्तिका हराएको घटनाका दोषीलाई कारबाहीको मागसहित प्रदर्शन गरेको छ ।...