
पाल्पा । सबैको साझा सहयोग र सहकार्यले मात्र लैङ्गिक हिंसा अत्य हुन्छ । लुम्बिनी प्रदेश सरकारका कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले माथागढी गाउँपालिकाको दिव्यज्योति नमूना माविमा भएको हिंसा विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै लैङ्गिक हिंसा अन्त्यका लागि सबै एक जुट हुनुपर्ने बताएकी छिन् ।
मन्त्री घर्तीले सरकारले चाहेर मात्र महिला तथा लैङ्गिक हिंसा अन्त्य नहुने बताउँदै घरभित्रै हुने विविध खालका हिंसा अन्त्य गर्न सबैले नागरिक, सरोकारवाला एक जुट हुनुपर्ने बताइन् ।
कार्यक्रममा माथागढी गाउँपालिका अध्यक्ष सन्तोषकुमार थापा मगरले विभेद अन्त्यका लागि राज्यका हरेक संचनामा रहेको पित्तृसत्तात्मक सोच र मूल्य मान्यताको अन्त्य जरुरी रहेको बताइन् । गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले समुदायमा अझै महिला पुरुष नै हिंसामा परिरहेको हुँदा यस अभियान व्यापक रुपमा सञ्चालन गर्नुपर्ने बताइन् ।
नेपाल सरकारले लैङ्गिक हिंसा अन्त्य गर्न सरकारले नीतिगत व्यवस्थाका साथै विभिन्न कार्यक्रम तय गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवलीले बताए ।
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...