देशलाई बनाउँने अभिभारा कांग्रेस र एमालेको काँधमा छः केपी शर्मा ओली – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

देशलाई बनाउँने अभिभारा कांग्रेस र एमालेको काँधमा छः केपी शर्मा ओली

काठमाडौं । देशको आर्थिक, सामाजिक र राजनीतिक विकासमा नेपाली काँग्रेससंग सहकार्य गर्न नेकपा एमाले तयार रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

काँग्रेस महाधिवेशन सफलताको शुभकामना दिँदै ओलीले देश बनाउने, देशलाई बचाउने अभिभारा कांग्रेस र एमालेको काँधमा रहेको जिकिर गर्दै काँग्रेस आन्दोलन र परिवर्तनको इतिहास बोकेको पार्टी भएको बताए ।

नेपालमा ठुलठुला परिवर्तन काँग्रेसकै नेतृत्वमा भएको उल्लेख गर्दै आगामी दिनमा अझै फैलिने र विस्तार होस् भन्ने शुभकामना दिँदै देश विकासमा नेकपा एमाले सहकार्य गर्न तयार रहेको बताए ।

प्रचण्डप्रति काटाक्ष


शुक्रबार काँग्रेस महाधिवेशनमा केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कटाक्ष गर्दै केही साना दलहरुलाई कांग्रेसले औंलो समाउन दिएन भने के हुन्छ भन्ने पिर परेको बताए ।

ओली यतिमा मात्रै सीमित रहेनन् उनले भने,‘सँगै जानुपर्छ भनेको सरकारमा मात्र हो कि देश बनाउन पनि हो ? देश बनाउन सँगै जाने कुरामा नेपाली कांग्रेसको साथमै छ नेकपा एमाले ।’

त्यस्तै ओलीले नेकपा एमाले सरकारमा प्रतिपक्षमा रहेको बताउदै प्रतिपक्ष संसदको अभिन्न अंग भएको र लोकतन्त्रको सवालमा नेकपा एमालेसंगै रहेको अवगत गराए ।

त्यस्तै ओलीले नेपाली कांग्रेस सबैलाई साथ लिएर चलोस्, अरुका नीतिमा होइन, आफ्नो नीतिमा हिँडाओस् । शेरबहादुरजी प्रधानमन्त्री मात्र होइन, सरकारको नेता हुनुस् भन्ने शुभकामना व्यक्त गरे ।

के भने ओलीले राप्रपा अध्यक्ष लिङ्देनलाई?

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भर्खर भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कटाक्ष गरे ।

ओलीले नागरिक स्वाभिमान बिर्सिएर जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त मान्नु आश्चर्य भएको बताउँदै राजतन्त्रको पक्षमा बोलेका लिङ्देनलाई यस्तो कटाक्ष गरेका हुन् । लिङ्देन मंसिर १९ गते राप्रपाको अध्यक्षमा निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ मंसिर २४, १७: ३१

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ मंसिर २४, १७: ३१

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ मंसिर २४, १७: ३१

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...