
काठमाडौं । धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको ‘भूपि पुरस्कार’ मुस्ताङको कोवाङस्थित ‘भूपि स्मृति थाक पुस्तकालय’लाई प्रदान गरेको छ । सतासीऔँ भूपि जयन्तीका अवसरमा आयोजित पुरस्कार समारोहमा गलकोट बहुमुखी क्याम्पसका प्रमुख कृष्णप्रसाद गौतम र प्रतिष्ठानका अध्यक्ष काजी रोशलने पुस्तकालयका प्रतिनिधि दया शेरचनलाई संयुक्त रुपमा नगद र प्रमाणपत्र प्रदान गरेका थिए ।
पुरुस्कार वितरण समारोहमा बोल्दै क्याम्पस प्रमुख गौतमले कवि भूपि शेरचनलाई नेपाली साहित्यका विशिष्ट प्रतिभाका रुपमा स्मरण गरेका थिए । धवलागिरि क्षेत्रमा जन्मेर नेपाली साहित्यको श्रीवृद्धिमा भूपि शेरचनले पु¥याएको योगदान अतुलनीय रहेको र भूपिको स्मृतिमा स्थापना भई भाषा, साहित्यको उत्थान र सम्वद्र्धनमा थप टेवा
पु¥याउँने उद्देश्यले प्रतिष्ठानको गठन गरिएको बताए ।
नेपाली भाषा, कला, साहित्यको उत्थान र सम्वद्र्धनमा टेवा पु¥याएबापत पुस्तकालयलाई पुरस्कृत गरिएको प्रतिष्ठानले जनाएको छ भने पुरस्कार राशि रु २५ हजार रहेको छ ।
पुरस्कार ग्रहणपछि बोल्दै शेरचनले पुस्तकालयको संस्थागत विकासमा पुरस्कारको रकम खर्च गरिने बताए । विसं २०५७ मा स्थापना भएको सो पुस्तकालयले भूपिको सालिक निर्माणदेखि भूपिजयन्ती समारोह, काव्य गोष्ठीलगायत साहित्यिक गतिविधि गर्दै आएको छ । प्रतिष्ठानले साहित्यिक÷सांस्कृतिक संस्था र स्रष्टालाई आलोपालो गरी बर्सेनि भूपि पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि विसं २०७६ मा संस्थागततर्फको पुरस्कार थकाली समाज बुटवलले पाएको थियो ।
स्रष्टातर्फको पुरस्कार गतवर्ष स्याङ्जामा जन्मनुभएका लेखक एवं समालोचक सुकुम शर्मा र विसं २०७५ मा साहित्यकार एवं त्रिभुवन विश्वविद्यालयका तत्कालीन शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीलाई प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...