राष्ट्रियसभा निर्वाचन गठबन्धनले जित्ने पक्का, ओलीले अहिले नै हार स्वीकार गरी सकेः माधव नेपाल – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

राष्ट्रियसभा निर्वाचन गठबन्धनले जित्ने पक्का, ओलीले अहिले नै हार स्वीकार गरी सकेः माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनका साझा उम्मेदवारहरुले सातै प्रदेशबाट राष्ट्रिय सभा निर्वाचन जित्ने ठोकुवा गरेका छन् । एकीकृत समाजवादी पार्टी काठमाडौं महानगर कमिटीले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धनका उम्मेदवारहरु भारी मतले निर्वाचित हुनेमा कुनै शंका नरहेको बताएको हुन् ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले १२ माघको राष्ट्रियसभा निर्वाचना नेकपा एमालेले अहिले नै हार स्वीकार गरिसकेको टिप्पणी गरेका थिए । नेपालले केपी शर्मा ओलीलाई घमण्डी संज्ञा दिदैं राष्ट्रियसभा निर्वाचमा ओलीले हार स्वीकार गरेको टिप्पणी गरेका हुन् ।

नेकपा एमालका अध्यक्ष ओलीले शुक्रबार भर्चुअल माध्यमबाट जिल्ला अधिवेशन उद्घाटन गर्दै राष्ट्रियसभा निर्वाचनको परिणाम आफ्नो पार्टीका लागि प्रतिकूल आउन सक्ने बताए पछि एकीकृत समाजवादीका अध्यक्ष नेपालले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

‘आज तपाईंहरुले सुन्नुभएको होला–केपी ओलीको एउटा भाषण । त्यो भाषणमा अब राष्ट्रियसभाको चुनावमा हाम्रो पराजय निश्चित छ भनेर स्वीकार गरिएको छ । ‘तर कसरी स्वीकार गरे होला ? त्यो दम्भी स्वभावले त दिँदैन ।’, अध्यक्ष नेपालले भने

सम्बन्धित समाचार

ओमानसँग नेपाल पराजित
ओमानसँग नेपाल पराजित
  • २०७८ पुष २३, १६: ३८

काठमाडौं : आइसिसी  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ पुष २३, १६: ३८

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ पुष २३, १६: ३८

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...