
काठमाडौं । पृथ्वीनारायण शाहको तीनसयऔं जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनीको आयोजना गरेको छ । आइतबार पुस्तक प्रदर्शनीको नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गरेका थिए ।
कुलपति उप्रेतीले प्रज्ञा प्रतिष्ठानले २०१४ सालदेखि हालसम्म प्रकाशन गरेका विभिन्न विधाका पुस्तकहरु र बजारमा अभाव भएका बिभिन्न कृतिहरुलाई प्रकाशन गरेर प्रदर्शनीमा राखिएको बताए । हरेक नेपालीको हातहातमा प्रज्ञाका पुस्तक पु¥याउनका लागि तथा नेपाली नागरिकहरुमा पठनशैली, पढने बानीको विकास गराउन पुस्तक प्रदर्शनी गरिएको बताए ।

प्रतिष्ठानले प्रदर्शनीमा भाषा, साहित्य, बालसाहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शन सम्बन्धी पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य थायभू, आँगन लगायत धेरै विधाका पुस्तक समावेश गरेको जानकारी दिएको हो ।
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...
काठमाडौं । याम्बालिङ हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आइपिओ) खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १७...