बागमती प्रदेशकाे प्रदेशको मुख्य न्यायाधिवक्तामा धादिङका श्रेष्ठ नियुक्त – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

बागमती प्रदेशकाे प्रदेशको मुख्य न्यायाधिवक्तामा धादिङका श्रेष्ठ नियुक्त

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशको मुख्य न्यायाधिवक्तामा धादिङका श्यामनारायण श्रेष्ठलाई नियुक्त गरेका छन् ।

नेपालको संविधानको धारा १६० को उपधारा ९२० बमोजिम मुख्यमन्त्री पाण्डेले मुख्य न्यायाधिवक्तामा श्रेष्ठलाई सिफारिसमा गरेका हुन् भने प्रदेश प्रमुख शर्माले सो पदमा नियुक्त गरेका हुन् ।

त्यस्तै, सोमबार नै नवनियुक्त न्यायाधिवक्ता श्रेष्ठलाई प्रदेश प्रमुख शर्मा, मुख्यमन्त्री पाण्डे र प्रदेशका मन्त्रीहरुको उपस्थितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाले सपथ ग्रहण गराएका हन् ।

प्रदेश प्रमुख कार्यालयका अनुसार मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धी ऐन, २०७५ को दफा १४ बमोजिम सपथ श्रेष्ठलाई शपथ ग्रहण गराइएको हो ।

सम्बन्धित समाचार

ओमानसँग नेपाल पराजित
ओमानसँग नेपाल पराजित
  • २०७८ पुष २६, १५: १८

काठमाडौं : आइसिसी  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ पुष २६, १५: १८

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ पुष २६, १५: १८

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...