हुम्लामा सुत्केरी आमा र नवजात शिशु दुवैको मृत्यु – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

हुम्लामा सुत्केरी आमा र नवजात शिशु दुवैको मृत्यु

काठमाडौं । हुम्लाको जिल्ला अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी पछि आमा र नवजात शिशु दुवैको मृत्यु भएको छ । ७ माघमा सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका सार्की र ५ माघमा उनको नवजात शिशुको अकालमा मृत्यु भएको हो ।

टीकाका ससुरा धनसिंह सार्की अनुसार सुत्केरी व्यथाले च्यापेपछि उनीलाई जिल्ला अस्पतालमा लगिएको र शल्याक्रिया गरेर बच्चा जन्माइएको थियो ।

ससुरा कार्कीले शल्यक्रिया गरेको दुई दिनसम्म टीकाको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र गत शुक्रबार साँझ अचानक स्वास्थ्यमा समस्या देखिए पछि जिल्ला अस्पतालले उद्धारका लागि तत्काल हेलिकोप्टरको व्यवस्था गरेको बताए । तर थप उपचारमा जान नपाउँदै उनको राति नै मृत्यु भएको बताइएको छ ।

त्यस्तै टिकाका माइती पक्षले उनको के–कति कारणले मृत्यु भएको हो जानकारी नहुँदासम्म शव उठाउन नदिने बताएपछि टीकाका परिवारले शव बुझ्न मानेका छैनन् ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ माघ ९, ०८: ४९

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ माघ ९, ०८: ४९

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७८ माघ ९, ०८: ४९

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...