पाल्पा प्रशासन कार्यालयमामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

पाल्पा प्रशासन कार्यालयमामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द

पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पामा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि कार्यालयले अत्यावश्यकबाहेकका अन्य सेवा अर्को सूचना जारी नहुँदासम्म स्थगन गरेको जनाएको छ ।

कार्यालयका अनुसार आइतबारदेखि शान्ति सुरक्षाका मुद्दा, फोटोसहितको मतदाता नामावली सङ्कलन र नागरिकता प्रमाणपत्रबाहेकको अन्य सबै सेवा स्थगन गरिएको सूचना प्रकाशित गरेको छ ।

प्रमुख जिल्ला अधिकारी जगन्ननाथ पन्तले जिल्लामा कोरोना सङ्क्रमण तथा नियन्त्रणका लागि १९ बुँदे आदेश जारी गरेका छन् । आदेशमा सेवाग्राहीले अत्यावश्यक सेवामा आउँदा अनिवार्यरूपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने, मास्क लगाउनुपर्ने लगाएको व्यवस्था गरिएको छ ।

पछिल्लो सयम सरकारी कार्यालय तथा अन्य क्षेत्रमा अत्यावश्यकभन्दा सामान्य काममा भीडभाड बढेकाले जिल्लामा सङ्क्रमण बढेको प्रशासन कार्यालयको भनाइ छ ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ माघ ९, ११: ४२

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ माघ ९, ११: ४२

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७८ माघ ९, ११: ४२

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...