
काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट आमिक्रोनलगाएतको संक्रमण बढ्दै गएपछि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)अन्तर्गतका सोमबारदेखि हुने परीक्षालाई स्थगित गरिएको आएओएमकी डिन डा.दिब्या सिंहले जानकारी दिएकी हुन् ।
डिन डा. सिंहले अहिले कोरोनाको जोखिम बढेको र विद्यार्थी संक्रमित हुँदै गएका कारण भोलि (सोमबार) देखि हुने भनिएको परीक्षा अहिलेको लागि स्थगित गरेको बताइन् ।
उनका अनुसार माघ १० गतेदेखि सुरु हुने डेन्टल अन्तिम वर्षको परीक्षालगाएत स्वास्थ्य तर्फका सबै कार्यक्रमका परीक्षाहरु स्थगित गरिएका छन् ।
डिन डा. सिंहले कोरोनाको जोखिम घट्दै गएपछि परीक्षा सञ्चालन गरिने र स्थगित परीक्षाको तालिका चाडैं प्रकाशित गरिनेसमेत बताइन् ।
यस्ताे छ सूचना

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...