सरकारले समयमै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुपर्छः कानूनविद् – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

सरकारले समयमै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुपर्छः कानूनविद्

काठमाडौं । नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले सरकारले अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा एक साक्षात्कार कार्यक्रममा बोल्दै अधिवक्ता केसीले संविधानले स्थानीय जनप्रतिनिधिहरुको पदावधिक पाँच वर्षको भनेर तोकेकोले सरकारले विलम्ब नगरी स्थानीय तहको निर्वाचनको मिति सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।

अधिवक्ता केसीले स्थानीय तहपछि नै अन्य तहको निर्वाचन गर्नुपर्ने विचार व्यक्त गर्दै स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ ले पदावधि सकिनुभन्दा २ महिना अगावै त्यो निर्वाचन गरिसक्नुपर्ने उल्लेख गरिएको बताए ।

उनले एक दिनपनि स्थानीय तहको सरकार खाली राख्ननहुने तर्क समेत गरेका थिए । २०७९ निर्वाचनको वर्ष भएकोले सरकारले प्रक्रियागत रुपमा निर्वाचन गरेर जानुपर्ने उनको सुझाव छ ।

त्यस्तै साक्षात्कारमा पूर्व महान्यायधिवक्ता मुक्ति प्रधानले तीनै तहको निर्वाचन एकै चरणमा गर्नेबारे छलफल गर्न सकिने बताएका थिए । तीनै तहको निर्वाचन एकैपटक गर्दा मुलुक र जनतालाई फाईदा हुन्छ कि हुँदैन् त्यसतर्फ पनि सोच्नुपर्ने प्रधानले बताए ।

संविधानको धारा ८५ ले संघीय संसदको कार्यकाल ५ वर्ष हुने भनेर व्यवस्था गरेको र संविधानको धारा १७७ ले प्रदेशको पनि ५ वर्ष नै तोकेको प्रधानको भनाई छ ।

सरकारलाई निर्वाचनको मिति तोक्ने अधिकार भएको उल्लेख गर्दै देशको हितको कोणबाट छलफल गर्नुपर्ने प्रधानको भनाई रहेको छ ।

त्यस्तै पूर्व महान्यायाधिवक्ता रमेश बडालले बैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने र पर धकेल्ने कुरालाई नेपालमा अस्थिरताको सिर्जना गर्नको लागि गरिएको खेतीको संज्ञा दिए । स्थानीय तहको निर्वाचन यो मितिमा नगरेर अरु कुनै मितिमा सार्नुपर्छ भनेर भन्नुको अर्थ स्थानीय तहलाई भ्याकुममा राख्नु सरह भएको टिप्पणी उनले गरेका थिए ।

स्थानीय तह निर्वाचनसम्बन्धी कानूनले स्थानीय तहको निर्वाचन भएपछि मतगणना स्थानीय तहमा नै गर्ने व्यवस्था मिलाएको उल्लेख बडाले गरेका थिए । स्थानीय तहको निर्वाचन पर धकेल्ने कुरा गर्नु भनेको असंवैधानिक र गैरकानूनी कुरा भएको बडालको तर्क छ ।

भिडियाे…

सम्बन्धित समाचार

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ माघ ९, १६: २६

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ माघ ९, १६: २६

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०७८ माघ ९, १६: २६

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...