
काठमाडौं । आइतबार थप ६ हजार ४६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न स्वास्थ्य संस्थामा कूल १७ हजार ४३७ नमुना परीक्षणमा १३ हजार ३७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५५९८ र ४०६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
त्यस्तै सोही अवधिमा थप ४ जनाको मृत्यु भएको छ भने १ हजार ४१६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकार िदिएको थियो ।
त्यस्तै हाल देशभर ७७ हजार ४० संक्रिय संक्रमित छन् भने गत २४ घण्टामा ४९ हजार ४ सय ७३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
काठमाडौं| सरकारले देशभरिका ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन सुरु गरेको छ।। ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा...
काठमाडौँ । स्वास्थ्य मन्त्रालयले हप्तामा दुई दिन सार्वजनिक बिदा लागू भएसँगै स्वास्थ्य सेवामा कुनै असर नपर्ने गरी आवश्यक व्यवस्था मिलाइएको...
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् ।उनलाई सोमबार राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर...