
काठमाडौं । कोरोनाभाइसरको संक्रमण तीव्र रुपमा फैलिएपछि सदर चिडियाखाना जिल्ला प्रशासन कार्यालय ललितपुरको निर्देशनमा एक साताका लागि बन्द गरिएको छ । कोरोना महामारीका कारण विगत लामो समयसम्म बन्द चिडियाखाना ६ महिना अघि मात्र सर्वसाधारणका लागि खोलिएको थियो ।
पछिल्लो पटक कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन लगाएतका संक्रमतिको संख्या बढ्दै गएपछि सम्भावित तेस्रो लहरबाट बच्न प्रशासन कार्यालय ललितपुरले एक साताका लागि बन्द गर्न निर्देशन दिएको बताइएको छ ।
कोरोना संक्रमणको दरलाई न्यूनीकरण गर्न बन्द गर्नु परेको प्रशासन कार्यालयले जनाएको छ । भिडभाडले कोरोना संक्रमण वृद्धि गर्ने भएकाले बन्द गरिएको चिडियाखानामा कार्यरत एक कर्मचारीले बताए ।
कोरोनाभाइरस संक्रमितको अवस्था हरेर एक सातापछि पुनः सञ्चालनमा ल्याइने प्रशासन कार्यालयले जनाएको छ ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...