कोरोना संक्रमण बढेसँगै भरतपुर कारागारमा उच्च सतर्कता – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

कोरोना संक्रमण बढेसँगै भरतपुर कारागारमा उच्च सतर्कता

चितवन । कोरोना सङ्क्रमण बढेसँगै कारागार कार्यालय भरतपुरले उच्च सतर्कता अपनायदै कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको छ ।

कारागारमा रहेका कैदीबन्दीलाई भेटघाटका क्रममा कोरोना फैलन सक्ने र क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्दा समस्या आउने भन्दै कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले कारागार व्यवस्थापन विभागको परिपत्रअनुसार बन्द गरिएको जानकारी दिए ।

काफ्लेले स्थानीय प्रशासनले सार्वजनिकस्थलमा २५ जना भन्दा बढी जमघट र भेला हुन रोक लगाएको र कोरोना जोखिम बढेसँगै कैदीबन्दीका आफन्तहरुसँग भेटघाटमा रोक लगाएको बताए ।

त्यस्तै, कारागार कार्यालयले बाहिरबाट ल्याईएका कैदीबन्दीको कोरोना परीक्षण नगरी नबुझ्ने गरेको समेत उनले जानकारी दिए । कारागार कार्यालयमा रहेका एक जना कैदीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएसँगै उच्च सावधानी अपनाइएको काफ्ले बताए ।

त्यस्तै कारागार कार्यालयले हाल दुई कोठालाई क्वारेन्टिनको रुपमा प्रयोग गरेको र सो क्वारेन्टिनमा १३ कैदीबन्दी रहेका छन् । २५ जना महिला र २५५ पुरुष कैदीबन्दी राख्ने क्षमता रहेको यस कारागारमा अहिले ७१२ जना रहेको काफ्लेले जानकारी दिए ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ माघ १०, १२: ४७

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ माघ १०, १२: ४७

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७८ माघ १०, १२: ४७

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...