
काठमाडौं । लुम्बिनी प्रदेशका सबै नागरिकहरुलाई पूर्ण खोप लगाउने तयारीमा प्रदेश सरकार लागेको छ । प्रदेशका स्वास्थ्य जनसंख्या तथा मानव कल्याण मन्त्री ईन्द्रजित थारूले प्रदेशका सबै नागरिकलाई पूर्ण खोप लगाउने तयारीमा सरकार लागेको बताएका हुन् ।
सोमवार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री थारुले कोरोनाको दोश्रो खोप लगाएकाहरुमा कोरोना संक्रमणको संख्या र कोरोनाभाइरस संक्रमणको जोखिम पनि कम बताएका थिए । सबै नागरिकहरुलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यमा प्रदेश सरकार द्रुुुुत गतिमा अगाडि बढेको मन्त्री थारुले बताएका थिए ।
त्यस्तै मन्त्री थारुले कोरोनाविरुद्धको पहिलो खोप लगाएका मध्ये दुई प्रतिशतको मात्र मृत्यु भएको र दुवै मात्राको खोप लगाएकाहरुमा एक प्रतिशतको मात्र मृत्यु भएको बताएका थिए । मन्त्री थारुले ८५ प्रतिशतलाई पहिलो खोप र दोश्रो खोप ७० प्रतिशतलाई लगाइसकेको समेत जानकारी दिँदै १२ देखी १७ वर्ष सम्मका बालबालिका पहिलो डोज दिने तयारी गरेको बताए । उनले फागुनसम्ममा सबैलाई खोप लगाउने योजना प्रदेश सरकारको रहेको बताए ।
त्यस्तै, साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व स्वास्थ्यमन्त्री तथा एमाले संसदीय दलका सचिव भोजप्रसाद श्रेष्ठले लुम्बिनी प्रदेश सरकार स्वास्थ्य जोखिमका विषयमा गम्भिर नभएको आरोप लगाए । उनले नागरिकलाई खोप लगाउने विषय, कोभिड नियन्त्रण तथा व्यवस्थापन, स्थानीयपालिकासंग समन्यवन र परिचालनको साथै कर्मचारी परिचालनमा कडाईका साथ नलागेकोसमेत आरोप लगाए ।
पूर्व मन्त्री श्रेष्ठले प्रतिपक्षी दल महामारीमा सरकारका योजना तथा सरकारका मन्त्रीले ल्याएका कार्यक्रम कार्यान्वयनमा सहयोग र सहकार्य गर्न तयार रहेको बताउदैँ बजेट जोगाउने नाममा जनताका सुविधा कटौती गर्ने र विगतको सरकारले ल्याएका राम्रा योजनाहरु कटौती गर्न नहुनेमा जोड दिए ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...