जाेर बिजाेर प्रणालीले सर्वसाधारण कष्टकर यात्रा गर्न बाध्य, काेभिड सङ्क्रमित थपिने दर बढेकाे बढै – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

जाेर बिजाेर प्रणालीले सर्वसाधारण कष्टकर यात्रा गर्न बाध्य, काेभिड सङ्क्रमित थपिने दर बढेकाे बढै

काठमाडौं । कोरोनाभाइरसको जोखिम बढेको भन्दै विगत केही दिनदेखि सरकारले काठमाडौं उपत्यकामा सवारी साधनमा जोरविजोर प्रणाली लागु गरेको छ । यसले सडकमा सवारी साधनको चाप कम भए पनि सर्वसाधारणहरुको भिड बढेको छ ।

त्यस्तै, अन्य दिनहरुको तुलनामा कम सार्वजनिक सवारी सञ्चालन हुँदा सर्वसाधारण मर्कामा परेको बताइरहेका छन् । जोर बिजोर प्रणाली लागू भएदेखि सार्वजनिक यातायातमा कष्टकर यात्रा गर्नु परेको एक यात्रीले बताए ।

उनले भने, ‘कोरोना जोमिख जोरबिजोर प्रणाली झनै बढाएको छ । किनभने तुलनात्मक रुपमा कम सार्वजनिक सवारी साधनहरु सडकमा छन्, सवारीको संख्या त घट्यो तर यात्रुहरु कोचिएर यात्रा गर्न बाध्य छन् । यसरी यात्रा गर्दा त कोरोना घट्ने होइन बढ्नेमा दुई मत छैन् । यसमा सरकारले ध्यान देओस् ।’

यस्तै, काठमाडौँ उपत्यकाभित्र सवारीमा जोर बिजोर प्रणाली उलंघन गर्ने सर्यौको संख्यामा कारवाहीमा परेका छन् । कारबाहीमा पर्ने सवारी साधनमध्ये सबैभन्दा धेरै दुई पाङ्ग्रे रहेका छन् ।

ट्राफिक महाशाखाले सडकमा खटिएका ट्राफिक प्रहरील चेकिङ प्वाइन्ट राखेर सवारी साधनको जाँच गर्दै गर्दा दुई पाङ्गे मोटरसाइकल सबै भन्दा बढी कारबाहीमा परेको बताएको हो ।

यसरी जोर बिजोर प्रणाली लागु भएपनि सार्वजनिकस्थल र सवारी साधनहरुमा भीडभाड बढेका कारण पछिल्लो समय उपत्यकाभित्र कोभिड सङ्क्रमित थपिने दर घट्न नसकेको सर्वसाधारणहरुले बताएका छन् ।

भिडियाे…

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ माघ १०, १४: ४७

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ माघ १०, १४: ४७

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७८ माघ १०, १४: ४७

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...