राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूराः निर्वाचन आयोग – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूराः निर्वाचन आयोग

काठमाण्डौ । निर्वाचन आयोगले भोलि माघ १२ गते हुने राष्ट्रिय सभा चुनावको सबै तयारी पूरा भएको र मतदानका लागि सातवटै प्रदेशमा रहेका मतदान केन्द्रहरूमा आवश्यक सबै तयारी पूरा भएको जनाएको छ ।

आयोगले राष्ट्रिय सभामा फागुुन २० देखि रिक्त २० सिट मध्य १९ सिटका लागि भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान गर्दैछ भने बाँकी १ सिट राष्ट्रपतिले मनोनयन गर्ने छिन् ।

भोलि हुने निर्वाचनका लागि आयोगले आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ भने माघ ७ गते नै सबै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पठाइसकेको छ ।

कोरोना महामारीको जोखिम उच्च रहेकाले मतदानस्थलमा स्वास्थ्यका मापदण्ड पालनामा कडाइ गरिएको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै सातवटा प्रदेशमा दुई हजार २५ जना मतदाता रहेको र भोलिको चुनावमा पाँच सय ३२ जना प्रदेश सभा सदस्य र एक हजार चार सय ९३ जना पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने आयोगले बताएको छ।

सत्ता गठबन्धनमा रहेका पाँच दलले राष्ट्रिय सभा चुनावमा पनि गठबन्धन बनाएका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सातै प्रदेशमा आफ्ना उम्मेदवार अघि सारेको छ ।

त्यस्तै, १९ पदका लागि भोलि हुने निर्वाचनमा ४३ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

सम्बन्धित समाचार

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ माघ ११, ०९: ३३

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ माघ ११, ०९: ३३

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०७८ माघ ११, ०९: ३३

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...