सूर्यविनायक नगर अस्पताल एक महिनाभित्र सञ्चालनमा आउने – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

सूर्यविनायक नगर अस्पताल एक महिनाभित्र सञ्चालनमा आउने

भक्तपुर । ओमिक्रोन भेरियन्ट लगाएतको संक्रमण बढेसंगै सूर्यविनायक नगरपालिकाले २५ शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याउने भएको छ ।

कोरोनाभाइरसको जोखिम बढेसंगै आफ्ना नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न अक्सिजन प्लान्टसहित अस्पतालका लागि पाँचवटा भवनलगायतका आवश्यक पूर्वाधार निर्माण सम्पन्न गरिसकेको नगरपालिकाले जनाएको हो ।

सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले अरनिको राजमार्गसँगै जोडिएको सूर्यविनायक नगरपालिका–८ जगाती चोकस्थित भक्तपुर इँटा तथा टायल कारखानाले प्रयोग गर्दै आएको नेपाल सरकारको २५ रोपनी क्षेत्रफलमा अस्पताल सञ्चालनका लागि भवन निर्माणलगायतका पूर्वाधार निर्माण सम्पन्न गरिसकेको जानकारी दिएका हुन् ।

त्यस्तै, कोरोना सङ्क्रमण बढ्दै गएपछि नगरपालिकाले नागरिकलाई कोरोना सङ्क्रमणमा शय्या नपाएर भौतारिन नपरोस् र उपचार नपाएर ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याउन लागेको सूर्य विनायक नगरपालिका वडा नम्बर ८ का अध्यक्ष किरण थापाले बताए ।

अध्यक्ष थापाले नगरपालिकाले नागरिकका लागि आफ्नै अस्पतालबाट स्वास्थ्य बिमा सेवासमेत दिने बताए। उनले अस्पतालको प्रशासनिक भवन, आकस्मिक कक्ष, आइसीयू तथा भेन्टिलेटर कक्ष, एचडीयू, ओपिडी, जनरल वार्डलगायतका संरचना निर्माण सम्पन्न भएर अस्पतालको कम्पाउण्डभित्र कालोपत्र गर्ने तयारी भइरहेको बताए ।

अस्पताल निर्माण समितिका संयोजक एवम् वडा वडाध्यक्ष थापाले कालोपत्र सकिएपछि नगरपालिकामा रहेका आफ्नै जनशक्ति र नेपाल सरकारले पठाएका चिकित्सकको टोलीबाट अस्पतालको सेवा सुरु गर्ने बताए ।

त्यस्तै, थापाले एक महिनाभित्र अस्पताल सञ्चालनमा ल्याउनका लागि अहोरात्र खटिएको र आवश्यकतानुसार प्रदेश सरकारबाट अनुमति लिएर अस्पतालको शय्या तथा जनशक्ति थप गर्दै लैजाने नगरपालिकाको योजना रहेको बताए ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ माघ ११, ११: ३९

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ माघ ११, ११: ३९

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७८ माघ ११, ११: ३९

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...