
काठमाडौं । पोखरामा जारी आहा रारा गोल्डकप फुटबलको क्वाटरफाइनल खेलको अन्तिम खेलमा आज थ्रीस्टार र त्रिभुवन आर्मी क्लबबीच पोखरा रंगशालामा दिउँसो २ः३० बजे प्रतिस्पर्धा हुँदैछ ।
दुबै टिमले आजको खेलमा जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्य राखेका छन् भने आजको खेलको विजेताले सेमिफाइनलमा मनाङ मस्याङ्दी क्लबसंग प्रतिस्पर्धा हुनेछ ।
यता मनाङले नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले हराउँदै अन्तिम चारमा पुगिसकेको छ भने संकटा क्लबलाई पराजित गर्दै मछिन्द्रले सेमिफाइनलमा आफ्नो स्थान बनाएको छ।
प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने आयोजक सहारा क्लबले जनाएको छ ।
त्यस्तै, जारी प्रतियोगितामा १० टिमको सहभागिता रहेको जनाइएको छ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...