भारत, आज ७३ औँ गणतन्त्र दिवस मनाउँदै – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

भारत, आज ७३ औँ गणतन्त्र दिवस मनाउँदै

काठमाण्डौ । छेमेकी राष्ट्र भारतले आज ७३ औँ गणतन्त्र दिवस मनाइरहेको छ। सन् १९४७ जनवरी २६ तारिखमा बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि भारतले हरेक वर्ष जनवरी २६ मा स्वतन्त्रता दिवस मनाउँदै आएको हो ।

स्वतन्त्रता दिवसमा केन्द्रीय राजधानी दिल्लीलगायतका ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै गणतन्त्र दिवसको अवसरमा केन्द्रीय गृह मन्त्रालयले पद्म विभूषण, पद्म भूषण र पद्म श्री सम्मान पाउनेहरुको सूची सार्वजनिक गरेको र यस पटक ४ जनालाई पद्म विभूषण, १७ जनालाई पद्म भूषण र एक सय ७ जनालाई पद्म श्री पुरस्कारबाट सम्मान गरिने मन्त्रालयले जनाएको छ ।

त्यस्तै गत डिसेम्बरमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका भारतीय सेनाका जनरल विपिन रावतलगाएत उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री कल्याण सिंह, गोरखपुरस्थित गीता प्रेसका पूर्वअध्यक्ष राधेश्याम खेमका र शास्त्रीय गायका प्रभा यात्रे पद्म विभूषणबाट विभुषित हुने बताइएको छ । भारतमा पद्म विभूषण सर्वोच्च सम्मान भारत रत्न पछिको दोस्रो ठूलो सम्मान मानिन्छ ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ माघ १२, ११: ३८

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ माघ १२, ११: ३८

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७८ माघ १२, ११: ३८

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...