भारतले नेपालको प्रगति, समृद्धि र विकासमा सहकार्य गरिरहनेछः राजदुत क्वात्रा – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

भारतले नेपालको प्रगति, समृद्धि र विकासमा सहकार्य गरिरहनेछः राजदुत क्वात्रा

काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिंदै नेपालको प्रगति, समृद्धि र विकासमा भारतको सहकार्य रहिरहने बताएका छन् । उनले सन् २०२१ मा भएका केही उच्चस्तरीय राजनीतिक भेटघाटले भारत–नेपाल साझेदारीलाई महत्वपूर्ण गति प्रदान गरेको बताएका हुन् ।

राजदुत क्वात्राले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाबीच ग्लास्गोमा सम्पन्न कोप–२६ सम्मेलनका क्रममा भएको साइड लाइन वार्ताले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको उल्लेख गरेका थिए ।

त्यस्तै न्यूयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको महासभामा भारतीय विदेशमन्त्री डा. एस जयशङ्कर र नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच भएको साइड लाइन बैठकले पनि दुई देशबीचको सम्बन्धलाई मजबुद बनाएको उल्लेख गरेका थिए।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ माघ १२, १२: १३

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ माघ १२, १२: १३

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७८ माघ १२, १२: १३

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...