
काठमाडौं । बुधाबारको राष्ट्रिय सभा निर्वाचनमा भाग लिन हिडेका जनप्रतिनिधि सवार गाडीमा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले तोडफोड गरेका छन् । सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाई र उपप्रमुख रेणुका पौडेल सवार सरकारी नम्बर प्लेटको गाडी राउतका कार्यकर्ताले तोडफोड गरेको बताइएको हो।
राउतका कार्यकर्ताले निर्वाचनमा मतदान गर्न नगर प्रमुख प्रसाई र उपप्रमुख पौडेल प्रदेश २–०३–००१ झ ००२० नम्बरको गाडी जनकपुरधामस्थित राम चोकमा तोडफोड गरेका हुन् । पार्टीका कार्यकर्ताको आक्रमणले नगर प्रमुख प्रसाईलाई चोट लागेको बताइएको छ ।
जनमत पार्टीका कार्यकर्ताले जनकपुरधाममा बिहानैदेखि मल खाद्य देऊ, मत लेऊ भन्दै किसानका नाममा आन्दोलन गर्दै आएका थिए । घटनामा संलग्न जनमतका कार्यकर्तालाई नियन्त्रणमा लिएको धनुषा प्रहरीले जनाएको छ ।
प्रहरीले प्रदर्शन तितरबितर तुल्याउन कयौँ राउण्ड अश्रुग्याँस प्रहार गरेको आन्दोलनकारीहरुले जानकारी दिएका हुन् ।
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...