राष्ट्रियसभा निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

राष्ट्रियसभा निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग

काठमाडौं । १९ सिटका लागि जारी राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा निर्वाचन आयोगले आजै सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले सातै प्रदेशमा दिउँसो ३ बजेसम्म निर्वाचन सम्पन्न हुने र त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर कुनै अवरोध नआए आज रातिसम्म अन्तिम नतिजा सार्वजनिक गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका हुन् ।

राष्ट्रिय सभा सदस्यका लागि प्रदेश १ मा विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय र वाली संरक्षण प्रयोगशालामा मतदान भइरहेको छ भने मधेस प्रदेशको लागि महेन्द्र नारायण निधि भवनमा जारी छ ।

यता, बागमती प्रदेशमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकीमा प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनीमा कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशमा प्रदेश सभा भवन धनगढीमा मतदान भइरहेको आयोगले जनाएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था रहेको छ । कूल २ हजार २५ मतदाताले भोट खसाल्ने छन् ।

राष्ट्रियसभाको रिक्त १९ जना सदस्यका लागि ४३ जना उम्मेदवार चुनावी मैदानमा प्रतिस्पर्धामा रहेका छन् ।

सम्बन्धित समाचार

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ माघ १२, १२: ४२

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ माघ १२, १२: ४२

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०७८ माघ १२, १२: ४२

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...