
धनगढी । राष्ट्रियसभामा रिक्त १९ सिटमध्ये सुदूरपश्चिममा रिक्त तीन सिटका लागि भएको मतदान सकिएको छ । बिहान ९ बजेदेखि धनगढीस्थित प्रदेशसभाको परिसर मतदान शुरू भएको र अहिले मतदान सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सुदुरपश्चिम प्रदेशमा प्रदेशसभाका सबै ५२ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १७५ मत खसेको सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिए ।
सहायक निर्वाचन अधिकृत भट्टले मुचुल्का उठाउने काम सकेर आजै मतगणना शुरु गर्ने तयारी रहेको बताए ।
तीन सिटका लागि यस प्रदेशमा सत्ता गठबन्धनले महिलातर्फ एकीकृत समाजवादीकी मदनकुमारी शाह (गरिमा), दलिततर्फ माओवादी केन्द्रका जगतबहादुर सार्की र अन्यतर्फ कांग्रेसका नारायण दत्त मिश्रलाई उम्मेद्वार बनाएको थियो।
त्यस्तै सत्ता गठबन्धनसंग प्रतिस्पर्धा गर्न नेकपा एमालेले महिलातर्फ सन्तोषकुमारी शर्मा, दलिततर्फ नरेशकुमार विश्वकर्मा र अन्यतर्फ डिल्लीराज भट्टलाई चुनावी मैदानमा अघि सारेको छ ।
सत्ता गठबन्धनसंग यस प्रदेशमा ३ हजार ७९२ मतभार रहेको छ भने एमालेसँग १ हजार ७८८ मतभार रहेको छ । मतभारका आधारमा सत्ता गठबन्धन एमालेभन्दा दोब्बर मतान्तरले अघि रहेको छ ।
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...