
हेटौंडा । बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा भएको निर्वाचनमा ३ सय ४३ मत खसेको छ । जसमा प्रदेश सभातर्फ १०६ र स्थानीय तहतर्फ २३७ मत खसेको हो ।
अधिकृत डिल्लीरत्न श्रेष्ठले ४ बजेपछि मतगणना सुरु बताउँदै बागमती प्रदेशमा कूल १०९ जना प्रदेशसभा सदस्य रहेको र मतदान प्रक्रियामा विवेकशील साझा पार्टीका तीन जना प्रदेशसभा सदस्य सहभागी नभएपछि १०६ मत मात्रै खसेको निर्वाचन बताए ।
यस्तै दुई पदका लागि बागमती प्रदेशमा निर्वाचन भएको हो । दुई पदमा ६ जनाको उम्मेदवारी परेको थियो।
सत्तारुढ पाँच दलीय गठबन्धनका दुई, नेकपा (एमाले) का तर्फबाट दुई र नेपाल मजदुर किसान पार्टीबाट दुई जना गरी ६ जना चुनावी मैदानमा छन्।
गठबन्धन दलका तर्फबाट महिलामा नेकपा (एकीकृत समाजवादी)बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल चुनावी मैदानमा छन् भने एमालेबाट महिलामा नीरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्य र नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ चुनावी प्रतिस्पर्धामा छन्।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...