
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज भएको मतदानपछि बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशमा मतगणना सुरु भएको छ ।
विहान ९ बजे दिउसो ३ बजेसम्म भएको मतदानमा बागमती प्रदेशमा ३ सय ४३ मत खसेको र सुदुरपश्चिम प्रदेशमा १ सय ७५ मत खसेको बताइएको हो ।
राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा दुई सिटका लागि ६ जनाको उम्मेदवारी परेको छ भने सुदूरपश्चिममा तीन सिटका लागि ६ जनाको उम्मेदवारी रहेको छ ।
त्यस्तै बागमती प्रदेशमा सत्ता गठबन्धनबाट महिलातर्फ नेकपा एकीकृत समाजवादीका गोमादेवी तिमल्सिना र अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद पौडेल, नेकपा एमालेलेबाट महिलातर्फ नीरुकुमारी कुँवर, अन्यमा गोपाल शाक्य र नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ उम्मेदवार रहेका छन्।
यता सुदुरपश्चिम प्रदेशमा गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका नारायणदत्त मिश्र, दलितमा माओवादी केन्द्रका जगत पार्की र महिलामा एकीकृत समाजवादीकी मदनकुमारी शाह (गरिमा) उम्मेदवार छन् । त्यस्तै नेकपा एमालेबाट अन्यमा डिल्लीराज भट्ट, दलितमा नरेश विक र महिलामा सन्तोषकुमारी शर्मा थापाले प्रतिस्पर्धा गर्दैछन् ।
बागमती प्रदेशमा मतगणना निर्वाचन अधिकृतको कार्यालय हेटौँडामा सुरु भएको बताइएको छ।
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...