
काठमाडौं । झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । पिकअप आफै अनियन्त्रित भई सडकदेखि करिव पाँच सय मिटर तल झरेको बताइएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर थापाले उक्त पिकअप मेची राजमार्गको रोङ गाउँपालिका–४ पहिरोमा दुर्घटना भएको र सो दुर्घटनामा परी झापाको मेचीनगर नगरपालिका–४ वस्ने वर्ष ५५ का रमेश थापा र सोही स्थान वस्ने वर्ष ४० का सुर्यबहादुर थापाको घटनास्थलमा नै मृत्यु भएको बताए ।
प्रहरी कार्यालयले सो घटनाको थप अनुसन्धान गरिरहेको र जिप चालक अर्जुन कोइरालासमेत गम्भिर घाइते भएको बताइएको छ । उनलाई उपचारका लागि झापाको विएण्डसि अस्पताल लगिएको जानकारी दिएको हो ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...