हिंसात्मक गतिविधिमा संलग्न जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न प्रदेश सरकारकाे निर्देशन – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

हिंसात्मक गतिविधिमा संलग्न जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न प्रदेश सरकारकाे निर्देशन

काठमाण्डौ । बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचन विथोल्ने तरिकाले राजधानी जनकपुरधाममा जनप्रतिनिधि चढेको गाडीमा तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न मधेश प्रदेश सरकारले निर्देशन प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रशाद साहले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

राष्ट्रियसभा चुनावमा मतदान गर्न जनकपुरधाम आएका जनप्रतिनिधिका गाडीमा गरिएको तोडफोड एवम् हिंसाजन्य गतिविधिप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउँदै पवक्ता तथा अर्थमन्त्री साहले गाडीमा तोडफोड गर्नुका साथै आक्रमण गरेको घटनाको छानबिन गरी सम्बन्धित जनप्रतिनिधि एवम् डाक्टरलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा दोषीलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यता, जनमत पार्टीका कार्यकर्ताहरुले आफुहरुको कुनै पूर्व घोषित विरोधका कार्यक्रम नरहेको अवस्थामा पनि बुधबार चुनाव विथोल्ने अभिप्रायले प्रदेशसभा सदस्य अशोक यादव, हरिवन नगरपालिकाका प्रमुख, उपप्रमुख, जलेश्वर अस्पतालका मेसु डा. सतिश साहलगायतका गाडीमा तोडफोडका साथै उनीहरुमाथि हिंसात्मक आक्रमण गरेका थिए ।

त्यस्तै, नेपाल प्रहरीले प्रदेशमा राष्ट्रियसभाको चुनाव बिथोल्न खोजेको आरोपमा जनकपुरधामबाट पक्राउ परेका जनमत पार्टीका सात कार्यकर्तालाई कानुनी कारबाही अघि बढाउने बताएको छ र मधेस सरकारले संवैधानिक व्यवस्था बमोजिम लोकतान्त्रिक मूल्य र मान्यताबाट आफ्ना विचार एवं अभिमत प्रकट गर्नसमेत जनमत पार्टीलगायत सम्बद्ध सबैमा आग्रह गरेको छ ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ माघ १३, १२: ००

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

ओमानसँग नेपाल पराजित
ओमानसँग नेपाल पराजित
  • २०७८ माघ १३, १२: ००

काठमाडौं : आइसिसी  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ माघ १३, १२: ००

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...